बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाको शिवस्थली मावि जर्गका विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा दिइएको छ । नगरपालिकाको आयुर्वेद शाखाले शिविर सञ्चालन गरी सो विद्यालयका विद्यार्थीहरुलाई आयुर्वेद र योगका बारेमा जानकारी गराएको हो ।
नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीका अनुसार यही जेठ १ गतेदेखि ५ गतेसम्म शिविरको आयोजना गरिएको थियो । शिविरमा स्थानीयस्तरमा भएका जडीबुटी, तिनको संरक्षणका र प्रयोगका बारेमा समेत जानकारी दिइएको छ ।
योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीहरुलाई शिविरमार्फत योग शिक्षा दिइएको आयुर्वेद औषधालय शाहीलेकमा कार्यरत कविराज आरती साउँदले बताइन् ।
Facebook Comments Box