कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाले रक्तसञ्चार केन्द्र धनगढीलाई रगत संकलन कार्यमा आवश्यक सहयोग गर्ने र लाग्ने दस्तुर पालिकाले ब्यहोर्ने गरी नेपाल रेडक्रस सोसाइटी धनगढी शाखासँग सम्झौता गरेको छ ।
रगतका लागि नगरपालिका क्षेत्रका नागरिकलाई कुनै सास्ती नहोस् र रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनी निःशुल्क रगतको व्यवस्था गरिएको नगरप्रमुख तोयप्रसाद शर्माले बताए ।
त्यस्तै, नगरपालिकाभित्र रक्तदान उत्प्रेरणा कार्यक्रमको आयोजना गर्न नगरपालिकाले वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्ने र यसका लागि आवश्यक प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र धनगढीले गर्ने गरी निःशुल्क रगत उपलब्ध गराउन रेडक्रसको धनगढी शाखसँग समझौता गरेको उनले बताए ।
Facebook Comments Box