धनगढीः कैलालीको चुरे गाउँपालिकामा अतिक्रमित वन क्षेत्र खाली गराइएको छ । पालिकाको वडा नम्बर ४ स्थित टाँकगडा र पैनेरुवाको अतिक्रमित वन क्षेत्र खाली गराइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको हो ।
चुरे फेदीको टाँकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरिएको थियो । डिभिजन वन कार्यालयका अनुसार १०५ हेक्टर वन क्षेत्र खाली गराइएको छ । शनिवार टाँकगडाका १३५ टहरा र पैनेरुवामा ३५० टहरा डोजर लगाएर भत्काइएको हो ।
Facebook Comments Box