काठमाडौँ: वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक युवाको मृत्यु भएको छ ।
बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको सुतेकै अवस्थामा मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।
साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए । उनी आठ महिनाअघि मात्रै पोर्चुगल पुगेका थिए ।
Facebook Comments Box