काठमाडौँ: एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको खाताको डेढ करोड रुपैयाँ चोरी भएको छ । चोरीमा संलग्न आशंकामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एभरेष्ट बैंकको इटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानसहित ७ जना बैंककै कर्मचारी पक्राउ परेका छन् । अन्य दुई जना बाहिरका व्यक्ति पक्राउ परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।
Facebook Comments Box