बैतडी: शिक्षकको सरुवा गरेको भन्दै बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै पाटन नगरपालिका ३ स्थित बालकल्याण आधारभूत विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
शिक्षक पनेरुको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा काज सरुवा गरिएको छ । नगर शिक्षा समितिले सरुवा गरेको भन्दै बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका अभिभावक दमन बिष्टले बताए । शिक्षक पनेरुको सरुवा बदर गर्नुपर्ने विद्यार्थीहरुको माग रही आएको छ ।
नगर शिक्षा समितिले भने शिक्षक पनेरुको आग्रहमा नै कार्यपालिका बैठकबाट निर्णय गरेर सिद्धेश्वरमा माविमा काजमा सरुवा गरिएको जनाएको छ ।
Facebook Comments Box