धनगढी – कैलालीको चुरे गाउँपालिका–६ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
वडा नम्बर ६ को बयालामा रहेको मेलकट्टेश्वर माध्यमिक विद्यालयमा शनिबार आइपास नेपालको सहयोगमा चुरे गाउँपालिकाको समन्वय तथा फाया नेपाल र सौभाग्य अस्पतालले संयुक्त रुपमा शिविर सञ्चालन गरेको हो ।
ग्रामीण बस्तीका महिला तथा बालबालिकालाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त वडाका २ सय ५० जनाले लाभ लिएका छन् ।
विशेषगरी घरायसी काम र आर्थिक अभावका कारण स्वास्थ्यमा समस्या हुँदाहुँदै उपचार गराउन नपाएका महिलाहरुले घरमै लाभ लिएका हुन् ।
Facebook Comments Box