विराटनगर: विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका मोरङ प्रहरीले जनाएको छ ।
आज बिहान शौचालय गएका उनी शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोका भित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो । यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए ।
प्रहरीका अनुसार जेठ १४ गते घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको थियो । सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका उनलाई उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो ।
Facebook Comments Box