डडेल्धुरा: डडेल्धुरामा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । बागबजरस्थित बसपार्क छेउमा बैंकको अमरगढी शाखा विस्तार भई सेवा सुरु गरेको छ ।
एक औपचारिक कार्यक्रमका बिच डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीवार शाखाको उद्घाटन गरेका शाखा प्रबन्धक गंगा कुमारी ऐरले बताइन् ।
नबिल बैंकका डडेल्धुराको अमरगढी र कैलालीको बोराडाँडीमा गरी सुदूरपश्चिम प्रदेशमा दुई ओटा शाखा पुगेका प्रबन्धक ऐरले बताइन् । नबिल बैंक नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त बैंक हो ।
Facebook Comments Box