कैलाली: कैलालीको टीकापुर अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको २ करोड ७५ लाख रकम निकासा गर्न आग्रह गरेको छ । अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई पत्र लेख्दै स्वास्थ्य बीमा अन्तर्गतको सो रकम निकासा गर्न आग्रह गरेको हो ।
चालु आर्थिक वर्षको माघ, फागुन र चैत महिनाको प्रमाणित बीमा दाबी रकम २ करोड ७५ लाख ७९ हजार ४२५ रुपैयाँ भुक्तानीको लागि पत्रमार्फत आग्रह गरिएको छ ।
भुक्तानी नभए स्वास्थ्य बीमा सेवाहरुको निरन्तरतामा कठिनाइ पर्नुका साथै अनिश्चितकालका लागि सेवा स्थगित गर्नुपर्ने समेत अस्पतालले जनाएको छ ।
Facebook Comments Box