बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-१ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । बालबालिकाहरुले विभिन्न १३ रोगविरुद्ध पाउने खोपहरु राष्ट्रिय खोप तालिका अनुसार पाएको यकीन भएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।
वडालाई पूर्ण खोप घोषणाका लागि स्वास्थ्यकर्मीहरुले खोप नलगाएका बालबालिकाहरुको खोजी गरी नियमित खोप कार्यक्रममा समावेश गरेका थिए ।
वडाहरुलाई पूर्ण खोप वडा घोषणा गरेपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।
Facebook Comments Box