काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेको बेला भारतले नेपाललाई पानी दिने सहमति भएको छ। महाकाली सन्धि भएको २७ वर्षपछि भारतले नेपाललाई पानी दिने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
टनकपुर लिंक क्यानल निर्माणको स्वागत गर्दै नेपालतर्फ आवश्यक पर्ने संरचनाको उपलब्धताको आधारमा चरणबद्ध रूपमा टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ हुने क्षेत्रमा नहरबाट पानी छोड्ने दुई पक्षमा सहमति भएको दूतावासले जनाएको छ।
यसअघि २०७९ असारमा टनकपुर लिंक क्यानलबाट पानी छाडेर नहरको परीक्षणसमेत गरिसकेको छ। त्यतिबेला २२ किलोमिटरसम्म पानी प्रवाह भएको थियो। ४८ किलोमिटर मूल नहरमध्ये २८ किलोमिटर नहर तयार भइसकेको छ। यसले तीन हजार हेक्टर जमिनमा मात्र सिँचाई पुग्नेछ। बाँकी नहरको काम पनि धमाधम भइरहेको सिँचाइ विभागले जनाएको छ।
Facebook Comments Box