बैतडी: बैतडीका ६ ओटा स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । जिल्लाको दशरथचन्द, पाटन, मेलौली नगरपालिका, डिलाशैनी, सिगास र शिवनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् ।
१६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पालिकाहरु पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् ।
बाँकी रहेका पालिकालाई पनि केही दिनमै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेर बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।
Facebook Comments Box