कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ दुम्लीमा अवैध रुपमा भन्सार छली ल्याएका कुलर, डिउ (पेय पदार्थ) बेवारीसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो ।
२४ हजार मूल्य बराबरका उक्त सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, शुक्लाफाँटा नगरपालिका–१ बन्साह चौराहबाट चिनि, स्याम्पू, सलाई, लगायत ११ हजार ६ सय मूल्य बराबरका सामानहरु बेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box