धनगढी: कञ्चनपुरमा अवैध रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्रि, बितरण तथा उपचार गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन्। दोधाराचाँदनी नगरपालिकामा अनाधिकृत मेडिकल सञ्चालन गर्ने ९ जना भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।
बुधबार मेडिकल पसलहरुको खानतलासी गरी मेडिकल सञ्चालकसँगै औषधी र उपचार सामाग्री बराम गरिएको प्रहरीले जनाएको छ। दोधराचाँदनी नगरपालिका–७ कञ्चभोजबाट भारत उद्धमसिंह नगर खटिमाका २६ वर्षीय संजय बिश्वास, पिलिभित नौजलियाका ४६ वर्षीय राजेश बिश्वास, पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोश सरकारलाई पक्राउ गरिएको छ।
यसैगरी, दोधराचाँदनी नगरपालिका–४ लठाघाट चौराहाबाट भारत पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुधान्सु हल्दार, भारत उद्धमसिंह नगर खटिमाका २३ वर्षीय रबि बिश्वास, दोधराचांदनी नगरपालिका–३ श्रेष्ठ चौराहाबाट उद्धमसिंह नगर खटिमाका ३२ वर्षीय कार्तिक सरदारलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै पक्राउ पर्नेमा उद्धमसिंह नगर कुतिया कभरका ३८ वर्षीय निवास गाइन, उद्धमसिंह नगर खटिमाका ४९ वर्षीय निरन्जन अधिकारी र खटिमाकै २५ वर्षीय भुपेन्द्र पुरी रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।