बैतडी: बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका सूनचा अधिकारी विपिन लेखकका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
यही असार ५ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेको बैतडीलाई हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ ।
Facebook Comments Box