बैतडी: बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । मंगलवार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
जिल्लाका १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।
२०७२ सालमा बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको भएपछि त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।
Facebook Comments Box