डडेल्धुरा: डडेल्धुरामा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। हिजो आइतबार जिल्लाको अमरगढी नगरपालिका-१ स्याउलेबाट भारतीय नागरिक २४ वर्षका मुन्ना खान पक्राउ परेका हुन्।
भारतको पिलिभित मोहल्ला गाउँका उनी स्याउलेस्थित एक ग्यारेजमा जीप मर्मतको काम गर्दै आएका थिए। विशेष सूचनाका आधारमा उनको कोठामा खानतलासी गर्दा ०.१८ ग्राम खैरो हेरोइन(ब्राउन सुगर) फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए।
खानलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए। मुन्ना उनै हुन जसमाथि प्रहरीले लामो समयदेखि निगरानी गर्दै आएको थियो।
पछिल्लो समय लागुऔषध नियन्त्रणमा डडेल्धुरा प्रहरी सक्रिय छ। जिल्लामा लागुऔषध कारोबार गर्नेदेखि प्रयोग गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्दै कारबाही गर्दै आएको छ।
Facebook Comments Box