धनगढी: आज सुदूरपश्चिम प्रदेश सरकार बिस्तार गर्ने तयारी गरिएको छ। त्यसका लागि काठमाडौंमा रहेका मुख्यमन्त्री शाह धनगढी फर्किदैछ्न्।
स्रोतका अनुसार आज २ मन्त्री र एक राज्यमन्त्री नियुक्त हुन सक्नेछन्।
अहिले सुदूरपश्चिममा २ मन्त्रालय मन्त्रीविहीन छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि कानुन मन्त्रालय रिक्त भएको थियो। कृषि मन्त्रालय पनि खाली छ।
दुई वटा मन्त्रालय दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई १ मन्त्रीसहित एक राज्यमन्त्री दिने र एकजना काङ्ग्रेसकै मन्त्री हुने स्रोतले बताएको छ।
फागुन २१ गते प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री शाहलाई काँग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, नेकपा एस, स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ। सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस १८, माओवादी केन्द्र ११ सभामुख(सहित), एमाले १०, नागरिक उन्मुक्ति ७, एस ४, राप्रपा १ र स्वतन्त्र १ जना रहेका छन्।