कञ्चनपुरः कञ्चनपुरमा भारतीय नम्बरको कारसहित एक जना पक्राउ परेका छन्।
भन्सार छली गरी ल्याएका विभिन्न खुन्टी, चुकुल ताला, स्टेसनरीका सामान र उक्त सामान बोकेको कार गरी अन्दाजी ७ लाख ९९ हजार ७ सय मूल्य बराबरका सामान र कारसहित एक जना भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले आइतबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भिमदत्त नगरपालिका वडा नम्बर–४ बजारमा उनलाई पक्राउ गरेको जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको छ।
Facebook Comments Box