अछाम: गृह मन्त्रालयले अछामका प्रमुख जिल्ला अधिकारीको साढे दुई महिनामैं सरुवा गरेको छ।
आइतबार साँझको मन्त्रीस्तरीय निर्णयअनुसार अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराज न्यौपानेलाई गृह मन्त्रालयमा तानेर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
जेठ सात गते मात्रै अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका न्यौपानेको साढे दुई महिनाकै अवधिमा सरुवा भएको छ। न्यौपानेको स्वास्थ्यमा समस्या देखापरेपछि उनी केहि दिनदेखि नै काठमाडौंमा छन्।
Facebook Comments Box