काठमाडौं: सार्वजनिक खरिद अनुगमन कार्यालयले बाजुराको एकसहित २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।
विभिन्न सार्वजनिक निकायहरुबाट सिफारिस भएअनुसार साउन २१ गतेको निर्णयअनुसार उल्लेखित निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय भएको कार्यालयको सूचनामा उल्लेख छ।
कालोसूचीमा परेसँगै ती कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ।
Facebook Comments Box