टीकापुर: अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ। चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा आज (सोमबार) बिहान ५:५० बजेको मापनअनुसार पानीको सतह ९.३३ मिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १०.८ मिटर पुगेमा खतरा तह मानिन्छ।
गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरिन्। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोमबार थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिइन्।
Facebook Comments Box