धनगढी: कञ्चनपुरको भूमिमा बनाइएको भारतीय सिमा सुरक्षा बल (एसएसबी)को क्याम्प हटाइएको छ। बिहीबार बेलौरी नगरपालिका–१० भुडास्थित नेपाली भूमिमा राखिएको एसएसबीको क्याम्प हटाइएको हो।
सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।
बेलौरी नगरपालिका–१० भुडाबाट भारतीय बजार कम्बोजनगर जाने बाटोमा एसएसबीले कोरोनाकालमा क्याम्प राखेको थियो भने ७/८ महिनादेखि एसएसबीले क्याम्प निजिकै ब्यारिएल लगाएको थियो।
सो विषयमा मिडियाले समाचार सम्प्रेषण गरेपछि सिडिओले उक्त कमद चालेका हुन्।
Facebook Comments Box