बाजुरा: बाजुराको बडीमालिका मेला सम्पन्न भएको छ । बडिमालिकामा जनैपूर्णिमाको अवसरमा ११ गतेदेखि १४ गतेसम्म लागेको मेला सम्पन्न भएको हो ।
बडीमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए । सरकारी टोलीको पूजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेर सरकारी टोली समेत फर्किसकेको छ ।
मेला सकिएसँगै तीर्थालुहरु पनि फर्किन थालेका छन् ।
Facebook Comments Box