दार्चुला: भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका चौथो पटक खोल्ने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडी हिजो आइतवार एक सूचना निकालेर आज (सोमबार) बिहान ५ देखि भोलि मंगलबार बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको हो।
भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए।
दुई दिन बाँधको ढोका खोलिने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। महाकाली नदी किनारमा आवतजावत नगर्न समेत भनिएको छ।
Facebook Comments Box