धनगढी: कैलालीको धनगढीमा विद्युतीय धरापमा परेर एक महिलाकाे मृत्युु भएकाे छ। मृत्यु हुनेमा धनगढी-३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेकी छिन्।
धनगढी उपमहानगरपालिका-३ स्थित रहेकाे हाेल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा थापेकाे विद्युतीय धरापमा परेर साेमबार राति करिब ११ बजेतिर उनको मृत्यु भएकाे प्रहरीले जनाएको छ।
मृतक महिलाकाे शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। जंगली जनावरबाट धानबाली जाेगाउन खेतकाे आलीमा धराप थाप्ने जंगलिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तौ घटनास्थलमा भारतबाट भन्सार चाेरी निकासी गरि ल्याइएका केही सामान कपडाहरु भेटिएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिएको छ।
Facebook Comments Box