धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको अर्थमन्त्रालयका सचिवको सरुवा भएको छ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव नारायणप्रसाद रेग्मीको सरुवा भएको होम उनलाई संघीय मामिला मन्त्रालय सरुवा गरिएको जनाइएको छ।
यस्तै उनको ठाउँमा ६० किलो सुन बरामद भएका बेला बिदामा रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई पठाइएको छ।
अब सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयको सचिवको जिम्मेवारी उनले सम्हाल्ने छन्। यसअघि उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो।
Facebook Comments Box