अछाम– अछामका तीन स्थानीय तहमा गठबन्धनले गरेको निर्णय काँग्रेसले अस्वीकार गरेको छ । सत्ता गठबन्धनले स्थानीय तहमा गरेको तालमेलको सहमति साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका हुन् ।
पार्टीको नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेको काँग्रेस अछामले जनाएको छ । काँग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने काँग्रेस साँफेबगर नगर सभापति लालबहादुर कुँवरले बताए । उनले काँग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको बताए ।
तीन पालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।
Facebook Comments Box