काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको जबरजस्ती गर्न नहुने बताएका छन् ।
थापाले स्थानीय तहका नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जनाउँदै एक्लै लड्नुपर्नेमा जोड दिएका हुन्।
सोमबार काठमाडौं-४ मा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले देशभरका अधिकांश नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जिकिर गरे। “देशका ५० भन्दा बढी जिल्लाका साथीहरू तालमेलको छैनन्।
‘म देशैभरका साथीहरुको सम्पर्कमा छ। देशभरका साथीहरु कोही पनि तालमेलको पक्षमा हुनुहुन्न’ उनले भने ‘मतदाताहरुको मनोविज्ञान र स्वभाव भनेको हार्न परे स्वीकार गर्ने तर तालमेल स्वीकार नगर्ने छ।’
महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताका लागि यो स्वभाविक नभएको बताए। निर्वाचनको मनोनयन वैशाख १२ गते हुने भएकाले त्यसअघि निश्चित कार्यक्रम र योजना बनाएर निर्वाचन प्रचारमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे।