धनगढीः धनगढी–अत्तरिया छ लेन सडकको गेटामा अटोको ठक्करबाट एकजना घाइते भएका छन्। अत्तरियादेखि धनगढी आउदै गरेको से १ ह १९०५ नम्बरको अटोको ठक्करबाट साइकलयात्री २५ वर्षीय रामसिंह राना शुक्रवार घाइते भएका हुन्।
घाइते रानाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। अटो चालक कैलाली–५ का ५५ वर्षीय दिपेन्द्र चौधरी घाइतेसँगै अस्पतालमा रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अटो गेटा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box