बैतडी: बैतडीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-५ का २४ वर्षीय मुकेश चन्दलाई प्रहरीले पक्राउ गरेको हो।
सवारी अंगभंग मुद्दामा सजाय तोकिएका चन्द फरार रहेका थिए। जिल्ला अदालत बैतडीले गत जेठ १८ गते सवारी मुद्दामा उनीमाथि तीन बर्षको कैद सजाय हुने फैसला सुनाएको थियो।
फैसलापछि उनी फरार रहेका थिए। २०७८ माघमा भएको सवारी दुर्घटनमा उनीमाथि सवारी अंगभंग मुद्दा चलाइएको थियो।
पक्राउ परेका चन्दलाई सोमबार अदालत पेश गरेर कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
Facebook Comments Box