काठमाडौं : चार दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार प्रकाश ढकालको शव भेटिएको छ । गत शुक्रबारदेखि सम्पर्कविहीन ढकालको शव आज सोमबार धादिङको कृष्णभीरमा भेटिएको हो ।
त्रिशुली नदीमा ¥याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट उनको शव देखेपछि प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोली घटनास्थल पुगेको थियो ।
पत्रकार कमल सरगमका अनुसार ढकालको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको छ । शवलाई पोस्टमार्टमका लागि आजै काठमाडौं ल्याइँदै छ । शंका लागेका व्यक्तिविरुद्ध उनका परिवारले उजुरी दिने तयारी गरेको छ ।
पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार दिउँसोदेखि उनी सम्पर्कविहीन भएका थिए । ढकाल सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत थिए ।