कैलाली : धनगढीमा चरेससहित १ जनालाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका–७ मनहेराबाट अवैध लागुऔषध चरेस ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका–२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
Facebook Comments Box