धनगढीः धनगढीको नगर प्रहरीले दुई तरकारी व्यापारीलाई नियन्त्रणमा लिएको छ। कृषक कार्ड नबनाएर वडा नम्बर-१ स्थित त्रिनगर कृषि हाट बजारमा तरकारी बेच्न लागेका साहिल खान र शाहरुख खानलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो।
गेटमा चेक गर्दा कृषक कार्ड नभएको र हाटबजारभित्र जबरजस्ती गएको नगर प्रहरीले बताएको छ। कार्ड माग्दा गालीगलौज गरि आफ्नो तरकारी आफै फालेर नगर प्रहरीसँग झगडा गर्न आएकाले नियन्त्रणमा लिएको बताइएको छ।
वास्तविक किसानहरुले आफूले उत्पादन गरेका उपजहरु बिक्रि बितरण गर्न नपाएकाले उपभोक्तालाई विक्रि गर्न
सहज होस् भनेर उपमहानगरपालिकाले किसानहरूलाई कृषक कार्ड बनाउन भनेको छ।
Facebook Comments Box