काठमाडौँ : न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ।
उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाको उच्च अदालत पाटनमा सरुवा गरिएको छ। उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुलाई उच्च अदालत पोखरा बाग्लुङ इजलासमा सरुवा गरिएको छ । उच्च अदालत तुल्सीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा पुर्याइएको छ।
सरुवा हुने अन्य न्यायाधीशमा राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई, शालिग्राम कोइराला, राजेन्द्र खरेल, सुदर्शनदेव भट्ट, गोकर्ण डाँगी, किरण पौडेल र डालकुमार खड्का छन्।
त्यस्तै, उच्च अदालतका चार जना न्यायाधीशको काज सरुवा गरिएको छ । यसमा हरिप्रसाद भण्डारी, लेखनाथ पौडेल, बामदेव ज्ञवाली र अमृत बहादुर बस्नेत छन्।
विशेष अदालतमा तोकिएका उच्च अदालत जनकपुरका न्यायाधीश बलभद्र बास्तोलालाई काज फिर्ता गरिएको छ।