डडेल्धुरा : राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा अहिले केपी शर्मा ओली देश दौडाहमा छन्।
सोही क्रममा बिहीबार उनी बैतडी हुँदै डडेल्धुरा पुगे। बिहीबार अमरगढी नगरपालिका–८ स्थित रातो गुँरास रिसोर्टमा बसेका उनी शुक्रबार अमरगढी नगरपालिका–५ स्थित अमरगढी किल्ला अवलोकन गर्न पुगे।
किल्लामा रहेको अम्मरसिंह थापाको सालिकमा माल्यार्पण गरेका ओलीले नेता, कार्यकर्ता र शुभचिन्तकसँग फोटो खिचाए। उनीसँग फोटो खिच्नेको तछाडमछाड नै लाग्यो।
त्यसपछि बसपार्कमा सन्देश सभा कार्यक्रममा सम्बोधन गरेका उनले कार्यक्रम समापन पश्चात पनि सहभागीसँग फोटो खिचे।
हेर्नुहोस् ओलीसँग फोटो खिच्नेको ‘तछाडमछाड’
Facebook Comments Box