काठमाडौं : यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। नेपालले २२ रन जोड्दा ६ विकेट गुमाइसकेको छ।
नेपालले छैटौँ विकेटको रूपमा गुलशन झालाई गुमाएको हो। उनी ४ रनमै एल्बीडब्लू धरापमा परे। नेपालले पाँचौं विकेटको रूपमा दीपकप्रसाद डुम्रेलाई शून्यमै गुमायो। उनी शून्यमै बोल्ड भए।
नेपालले चौथो विकेटको रूपमा कप्तान देव खनाललाई गुमाउन पुग्यो। उनी २ रनमै आउट भए। नेपालले तेस्रो विकेटको रूपमा अर्जुन कुमाललाई गुमायो। उनी आराध्या शुक्लाको बलमा क्उाच आउट हुन पुगे।
नेपालले दोस्रो विकेटको रूपमा उत्तम थापा मगरलाई गुमायो। उनी राज लिम्बानीको बलमा शून्यमै बोल्ड भए। नेपालले पहिलो विकेटको रूपमा दीपक बोहरालाई एक रनमै गुमाउन पुग्यो।
उनी लिम्बानीको बलमा विकेटकिपरबाट क्याच आउट भए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ।