काठमाडौं : नेपाल सुपर लिग (एनएसएलं) मा आज काठमाडौं रेजर्स र धनगढी एफसीबीच खेल हुँदैछ।
यी दुई टोली सोमबार एनएसएलको दोस्रो संस्करणमा खेल्दा यो सिजनको ‘हाई भोल्टेज’ खेल हुने छ। यस्तै दुई टिम पुराना प्रतिद्वन्द्वी पनि हुन्।
२०७८ सालमा भएको पहिलो संस्करणमै यी दुई टोली तीन पटक भिडेका थिए।
जसमा लिग चरण र क्वालिफायरमा धनगढी विजयी भएको थियो भने फाइनलमा धनगढीविरुद्ध बदला लिंदै काठमाडौं एनएसएलको पहिलो च्याम्पियन बनेको थियो ।
एनएसएलको एकै सिजन एक आपसमा तीन खेल खेल्ने काठमाडौं र धनगढी नै हुन्।
त्यसैले पनि यसपटक यी दुई टोलीबीच खेल हुँदा पुराना प्रतिद्वन्द्वीको झल्को आउँछ नै, यस सिजन प्लेअफ पुग्ने समीकरणका लागि पनि यो खेल महत्वपूर्ण हुनेछ।
Facebook Comments Box