काठमाडौं : अस्ट्रेलिया क्रिकेट टिमका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन्।
यूएईकाे दुबईमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे हाे।
यसअघि इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन सर्वाधिक महँगा खेलाडी थिए। गएकाे वर्षकाे मिनी अक्शनमा उनलाई पन्जाब किङ्ग्सले १८ कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे थियाे।
कमिन्सलाई अनुबन्ध गर्नका लागि हैदराबाद र राेयल च्यालेन्जर्स बेङ्ग्लाेरबीच प्रतिस्पर्धा भए पनि अन्तिममा हैदराबादले कीर्तिमानी मूल्यमा अनुबन्ध गर्याे।
कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकप जिताउने कप्तान पनि हुन्। फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटाैँ पटक च्याम्पियन बनेकाे थियाे।
Facebook Comments Box