धनगढी: छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको हो।
भोलिदेखि धनगढीमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक क्लबका महासचिव ललित मिश्रले जानकारी दिए। प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, प्रतियोगिताको टफी पनि सार्वजनिक गरिएको छ। प्रतियोगितामा भाल लिएका क्लका कप्तान सहित टफी सार्वजनिक गरिएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुर्नवास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन्। प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टीमको सहभागीता रहेको छ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए।
प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्।