काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।
पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो। काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ।
लामिछानेविरुद्ध २०७९ साल कात्तिक १४ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो।
Facebook Comments Box