Author: Saru Shrestha

धनगढी – आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।  उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले मृतक पवनको परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ । तर, निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ । शुक्रबार जिल्लाको व्यास गाउँपालिका वडा…

Read More

​​​​​​​भक्तपुर – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सँघारमा भक्तपुरमा सयौँ युवाहरू एमालेमा प्रवेश गरेका छन् । जिल्लाको सूर्य विनायक र सिरुटारमा गरी करिब तीन सय युवाहरू एमाले प्रवेश गरेसँगै भक्तपुरमा एमालेका उम्मेदवार महेश बस्नेत स्थान बलियो हुँदै गएको देखिन्छ । ​​​​​​​शनिबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सूर्य विनायकमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य (नेपाल लोकतान्त्रिक फोरम केन्द्रीय सदस्य) हाल काँग्रेसका क्रियाशील सदस्य प्रकाश ढकाल, सुनिल तज (नेपाल लोकतान्त्रिक फोरम जिल्ला सचिव तथा २०७० सालको संविधानसभाका उम्मेदवार), क्रिसन त्वाती स्वतन्त्र, डा. रुपेश गाईजु (बिपी काँग्रेसका जिल्ला सभापति), दिपक महत माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य, वैकुण्ठ महत,…

Read More

रूपन्देही – पूर्वगृहमन्त्री निरन्जन थापाले विमानस्थलमा रोजगारी दिन्छु भनेर हिँड्ने उम्मेदवारले सञ्चालित अन्तराष्ट्रिय उडानको कटौंती गरेको बताएका छन् । भएको उपकरण चलाउनका लागि पहलसमेत गर्न नसकेको सरकारले रोजगारीको लोभ दिएर स्थानीयलाई भ्रममा पारिरहेको उनले बताए ।  नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै थापाले सरकारकै व्यवस्थापनमा चलिरहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल सतारुढ दलका उम्मेदवारले विमानस्थलमा रोजगारी दिन्छौं भन्दै हिँड्नु जनतामा भ्रम छर्ने काम भएको बताए ।  जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको विमानस्थल दैनिक पछि अहिले  साताको ३ वटा उडानमा सिमित छ । आकस्मिक अवतरण हुन…

Read More

सिराहा – सिरहामा खोलामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका-८ स्थितको मैनावती खोलामा महिना पुगिसकेको जस्तो देखिने शिशु (छोरा) को शव शनिबार बिहान फेला परेको हो । छठपर्वको लागि मैनाबती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेको थियो । खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रकृया पुरा गरी पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पाठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानाएको छ । अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन् । अध्यक्ष ओलीले भारतद्वारा नेपालमाथि हुने गरेका विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा यसपटक पनि मौन रहेको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा पवन महराको मृत्युबारे दुःख व्यक्त गरेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवामाथि प्रश्न गर्दै भनेका छन्,‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन,दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म…

Read More

ढाका – बंगलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका बताइएको छ । आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएका अधिकारीले बुधबार जानकारी दिएका छन् । उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चारजना सदस्यको शव बुधबार फेला पारेका थिए । यसपछि सो आँधीबाट ज्यान जानेको सङ्खया २८ पुगेको बताइएको छ । बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदै लगेको बताउँछन् । सित्राङ नामक यस आँधी दक्षिणी बंगलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यस लगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।…

Read More

काठमाडौं – लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बर्दिया र झापाबाट दुई जनालाई पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, अर्जुनधारा नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय दिनेश दर्जी र…

Read More

रोल्पा – रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । सुलिचौरबाट गजुलका लागि छुटेको लु१ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको छ । ब्रेक फेल भएर जीप सडकबाट…

Read More

धनगढी – नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाट निश्कासित गरिएको हो । उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ । उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूमाथि…

Read More

काठमाडौँ – चालू आर्थिक वर्षको २ महिनाको अवधिमा विदेशबाट ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिना गरी २ महिनामा उक्त मूल्य बराबरको बदाम आयात भएको हो । यस अवधिमा ९ करोड रुपैयाँभन्दा बढीको २ लाख ५६ हजार किलोग्राम बदाम आयात भएको जनाइएको छ । नेपालमा आयात हुने बदाम भारत र अमेरिकाबाट आउने गरेको छ । यस अवधिमा भारतबाट १ लाख ९८ हजार रुपैयाँको बदाम आयात हुँदा अमेरिकाबाट ९ करोड ७२ लाख रुपैयाँको बदाम भित्रिएको विभागले जनाएको छ ।

Read More