धनगढी: धनगढीको केजी हस्पिटलमा उपचाररत एक जनाको मृत्यु भएको छ। शल्यक्रिया गरिएका उपचाररत एक बिरामीको घर लैजाने क्रममा मृत्यु भएको हो।
कैलालीकै गौरिगङ्गा नगरपालिका–१ का ९० वर्षीय घरथरी चौधरीको मृत्यु भएको हो।
उनको उपचारसहित शल्यक्रियामा अस्पतालले सात लाख बढी रुपैयाँ लिएको थियो।
मृतकका आफन्तले अस्पतालले बिरामीलाई भेन्टिलेटरबाट निकालेपछि घर लग्ने क्रममा हस्पिटलकै गेटमा उनको मृत्यु भएको जनाएका छन्।
स्रोतका अनुसार अस्पतालले बिल बढाउने चक्करमा चौधरीलाई अस्पतालमै राखेको र अन्तिममा मृत्यु भएको हो। मृतकका आफन्तका अनुसार मृत्युपछि केही रकम भने अस्पतालले छुट गरेको छ।
मृतकलाई सुरुमा साढे दुई लाखमा शल्यक्रिया हुने भन्दै भर्ना गरिएको थियो।
यस विषयमा अस्पतालले भने कुनै प्रतिक्रिया दिएको छैन। अस्पतालका डाइरेक्टर दिपक सिंहसँग यस विषयमा महेन्द्रनगरपोष्टले बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्।