धनगढी: कैलालीमा विवाहकाे सबै प्रबन्ध भइसकेपछि बेहुला सम्पर्कविहीन भएका छन्। केटा सम्पर्कविहीन भएपछि दुलही खाेजीकाे माग गर्दै प्रहरी चाैकी पुगेकी छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका गाैरीगंगा नगरपालिका–४ राजीपुर बस्ने २४ वर्षीय रमेश कुमाल (नाम परिवर्तन) र संगिता बुढा (नाम परिवर्तन) को ३० वैशाखमा विवाह हुने तय भएको थियाे।
उनीहरूले विवाहका लागि आफन्तजनलाई निमन्त्रणा समेत गरिसकेका थिए। २५ गते भारतकाे पलिया र धनगढीमा विवाहका लागि गरगहना र लत्ताकपडा समेत सपिङ्ग गरेका थिए।
साे दिन दुवै जना धनगढीबाट छुटिएका थिए। तर साेही दिनदेखि उनी सम्पर्कविहीन भएकाे भन्दै आइतबार युवती इलाका प्रहरी कार्यालय मालाखेती पुगेकाे प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालयले उनकाे खाेजी भइरहेको जानकारी दिएकाे छ।
Facebook Comments Box