Author: Dipak Dhamala

काठमाडौं- नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले पाँच दशकदेखिको पानीजहाजको सपनालाई मूर्त रूप दिने भन्दै ललितपुरको एकान्तकुनामा कार्यालय स्थापना गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन भाषणमा उनले कार्यालय स्थापना भएपछि ‘केही महिनामै पानीजहाज चढ्ने टिकट काटिने’ दाबी गरेका थिए । पानीजहाज कार्यालयका चार वर्ष त्यसै बिते। कार्यालय उद्घाटनसँगै आशावादी भएर केही लगानीकर्ताले पानीजहाजमा…

Read More

काठमाडौं-  तीन पटकसम्म आफूसँग प्रतिस्पर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताको व्यवस्थापन गर्न सकस परेको छ। प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने आश्वासन दिएर गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभा सदस्य उम्मेदवार बनाउने सहमति गर्नुभएको हो। तर, सो क्षेत्रबाट प्रदेश सभा सदस्य उम्मेदवार बन्न लामो समयदेखि तयारी गरेका नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले गठबन्धनमा आबद्ध राजनीतिक दलहरूबीच स्वच्छ प्रतिस्पर्धा हुने र डडेल्धुरामा गठबन्धन…

Read More

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ। सोमबार प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश…

Read More

दिपक धमाला काठमाडौं- अछाम प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश सभा क बाट नेकपा एमाले प्रदेश सभा सदस्यका लागि बमबहादुर बिसिको प्रत्यक्ष तर्फबाट नाम सिफारिष भएको छ । नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका बिसि युवाहरु माझ लोकप्रीय छन् । सरल स्वभाव भएका बिसि कुशल संगठक रुपमा अछाममा चिनिन्छ । यस्तै प्रदेश सभाका दुुइवटै क्षेत्रका उम्मेद्वारको नाम समेत प्रदेश कमीटीमा सिफारिष गरेको छ । क्षेत्र न.२ क प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु कमल रावल, भिम बिस्ट, बलबहादुर कुवर, नन्द चलाउने, प्रेम खत्री र शिद्दादेबी शाही निर्बाचन यस्तै क्षेत्र न.२ ख प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु…

Read More

कलाकार तथा निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ। बैतडीदेखी काठमाडौं जाने क्रममा उनको चितवनमा आफू सवार बसमा निधन भएको हो। लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए। ६६ वर्षका भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए।

Read More

काठमाडौं- शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो ।  सडकमाथिबाट पहिरा खसेपछि जामुने–खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको उनले बताए । “वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ”, उनले भने ।  अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे –४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ । सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीयवासी भीमलाल श्रेष्ठले जानकारी दिए । पृथ्वीराजमार्गको…

Read More

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख)बाट  प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको  छ । गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो ।   आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट  प्रदेशसभा सदस्यका लागि  एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए । आसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई  क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । पर्सा पार्टी सचिव आलमले  जसपाका केन्द्रीय सदस्य प्रदीप…

Read More

काठमाडौं- डोटीमा घाँस काट्न गएका ६५ वर्षीय पुरुषको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका ४ डउडका कासी ढोलीको करेन्ट लागेर मृत्यु भएको हो। शुक्रबार साँझ उनी घाँस काट्न गएका थिए। बाँसलेले तत्किएको विद्युतको तार छोएपछि उनलाई करेन्ट लागेको आफन्तले बताएका छन्।

Read More

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले कार्यकाल संहालेको सय दिन पुगेको अवसरमा मनमा छाएका सन्दर्भ भन्दै ६ वटा प्रकरणको स्मरण गरेका छन् ।  यस अवधिमा  आफ्नो आलोचना भएका ६ प्रकरणलाई उनले सामाजिक सञ्जालमार्फत विस्तृतमा प्रष्टिकरण दिएका छन् । यी प्रकरणमा फुटपाथबाट मकैको ठेला हटाएकोदेखि यमबुद्धको सालिक  र नर्भिक अस्पताललगायतको अनधिकृत संरचना हटाउने सन्दर्भ समेटिएको छ ।  यस्ता छन्  सय दिनमा बालेनले स्मरण गरेका ६ प्रकरण : सन्दर्भ कार्यकाल १०० दिन पुगेको बारेमा हो । हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र…

Read More

काठमाडौं-  भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।  पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । यस्तै, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ ।…

Read More