दिपक धमाला काठमाडौं- अछाम प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश सभा क बाट नेकपा एमाले प्रदेश सभा सदस्यका लागि बमबहादुर बिसिको प्रत्यक्ष तर्फबाट नाम सिफारिष भएको छ । नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका बिसि युवाहरु माझ लोकप्रीय छन् । सरल स्वभाव भएका बिसि कुशल संगठक रुपमा अछाममा चिनिन्छ ।
यस्तै प्रदेश सभाका दुुइवटै क्षेत्रका उम्मेद्वारको नाम समेत प्रदेश कमीटीमा सिफारिष गरेको छ । क्षेत्र न.२ क प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु कमल रावल, भिम बिस्ट, बलबहादुर कुवर, नन्द चलाउने, प्रेम खत्री र शिद्दादेबी शाही निर्बाचन यस्तै क्षेत्र न.२ ख प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु शिव प्रसाद उपाध्याय, चन्द्र बोहरा, भिम रावल कालोटोपी, दिपक अधिकारी, भिम जनला, कृष्ण साउद, लिला केसि र टोप शाही
त्यसैगरी निर्बाचन क्षेत्र न. क प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु, प्रकाश शाहा, देब बहादुर कुवर, देब बहादुर साउद र सीता कुवर यस्तै निर्बाचन क्षेत्र १ ख प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु, कृष्ण प्रसाद जैशी, केशर बहादुर साउद, डिबि साउद र पद्मा तिमिल्सिना न्यौपाने सिफारिस भएका छ्न ।