Author: Dipak Dhamala

काठमाडौं-  अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ । सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए । ‘विमान अवतरण भएको छ । स्थिति समाधान भएको छ र कोही पनि घाइते भएका छैनन् । चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै धेरै धन्यवाद ,’ गभर्नर रिभ्सले ट्वीट गरे ।  बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए, जसलाई प्रहरीले ‘खतरनाक अवस्था’ भनेर वर्णन गरेको…

Read More

काठमाडौं-  तनहुँकाे व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा  किराले खाएर नष्ट गरेपछि किसान समस्यामा परेका हुन् ।  करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिए । “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो”, उनले भने । राम्रो मूल्य पाउने आशामा हिउँदे मकैखेती लगाए पनि चमरा काढ्ने र घोगा हाल्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनीहरुको भनाइ  छ । किराको रोकथामका…

Read More

काठमाडौं- नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम केन्द्रमा पठाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको हो । शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएर केन्द्रमा पठाएको पार्टी सचिव अर्जुनसिंह कठायतले बताए । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।  यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ  ६ जना र समानुपातिकतर्फ १२ जनाको…

Read More

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ ।आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् । यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं- सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो ।  विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ ।”प्रदेश सभाको हकमा पनि सोहीअनुसार कार्यकाल निर्धारण हुने प्रस्तावित विधेयकमा उल्लेख…

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।  सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायतका सबै मन्त्रीहरुले सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ ।  २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासन कालमा प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्तिको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसालिएको थियो । यो खबर आजको राजधानीदैनिकमा…

Read More

काठमाडौं- आज देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । राती पनि प्रदेश नं १,  मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।   मध्यम तथा भारी वर्षाको सम्भावना रहेका पहाडी…

Read More

काठमाडौं- सुदूरपश्चिम युवा स्वरोजगार विकास कोषले कृषि कर्जा उपलब्ध गराउने भएको छ। व्यवसायिक खेती खर्न चाहने करिव २ हजार युवाहरूलाई युवा स्वरोजगार कोषले चालु आर्थिक वर्षमा कर्जा प्रदान गर्ने योजना बनाएको हो। प्रदेश भरका सहकारी संस्थालाई कार्यक्रममा सहभागी हुन कोषले सार्वजनिक सूचना जारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले १ अर्व २ करोड पुँजीको प्रदेश स्वरोजगार कोष स्थापना गरेको छ। सरकारले वैदेशिक रोजगारमा जाने जनशक्तिलाई स्वदेशमै स्वरोजगारमूलक क्रियाकलापमा संलग्न गराउन, उद्धमशिलता विकास गर्न स्वरोजगार कोषको स्थापना गरेको थियो। पुँजीको अभाव भई लगानीको स्रोत अपुग भएका बेरोजगार नागरिकलाई नागरिकता र शैक्षिक प्रमाणपत्र धितो राखी न्यून व्याजदरमा ऋण दिन आर्थिक वर्ष २०७५/०७६ को…

Read More

काठमाडौं-  राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगरपालिका कमिटीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ। शुक्रबार साँझ संघका धनगढी नगर कमिटी संयोजक अभिषेक नाथ (लोक)को नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो। उनीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै डिजेल र मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको थियो।

Read More

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय सदस्यहरुलाई राजनीतिक प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ २१ गते सुकेधारामा एक कार्यक्रमका बीच केन्द्रीय सदस्यहरुलाई चुनाव लक्षित राजनीतिक प्रशिक्षण दिन लागेको हो ।  प्रशिक्षणमा सहभागी हुन चाहने सदस्यहरुलाई आइतबारसम्म नाम दर्ता गर्न पार्टीले आग्रह पनि गरेको छ । नाम दर्ता गर्न एक हजार शुल्क लाग्ने पनि पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीले सातै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै राप्रपाको जिल्ला स्तरका प्रशिक्षण कार्यक्रमहरु पनि जारी रहेको प्रशिक्षण विभाग सदस्य सचिव दीनेशकुमार कार्कीले जानकारी दिएका छन् ।

Read More