Author: Dipak Dhamala

काठमाडौं- संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष  २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ । त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।  #सदन

Read More

काठमाडौं- कैलालीको अत्तरियास्थित एक पसलको ट्वाइलेटमा युवकको शव फेला परेको छ। गोदावरी नगरपालिका–१ वलपिपलमा रहेको चौलागाईं वस्त्रालयमा काम गर्ने अन्दाजी २ वर्षीय जयन्तबहादुर कार्कीको शव शनिवार साँझ फेला परेको हो। बैतडीको डिलाशैनी–७ घर भएका कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत थिए। कार्कीको शव शंकास्पद रुपमा फेला परेपछि आफन्तले उनको हत्या भएको शंका गरेका छन्। जयन्तबहादुर कार्कीका काका पदमका अनुसार वस्त्रालयका सञ्चालक शुवास चौलागाईंले उनका भतिजाको शव ट्वाइलेटको होल्डरमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा फेला परेको बताएका थिए। होल्डरमा मसिनो तारले पासो लगाउन असम्भव भएकाले मृतकका काका पदमले उनको हत्या भएको आशंका गरेका छन्। उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको…

Read More

काठमाडौं- शनिबार दक्षिणपूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ । त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । #दुर्घटना

Read More

काठमाडौं- महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि ताला लगाइएको थियो ।  महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालबालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याक, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ । आठ कोठे कार्यालयमा…

Read More

काठमाडौं- प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को छाँटकाँट देखाएको छ। कांग्रेसका लागि स्थानीय निर्वाचनले सुदूरपश्चिममा गुमेको विरासत फर्किन सक्ने लक्षण देखिएको हो। स्थानीय निर्वाचनमा सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले सुदूपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयररअध्यक्ष) जितेको छ। यस्तै नेकपा एमालेले २६, नेकपा माओवादी केन्द्रले १४, नागरिक उन्मुक्ति पार्टीले ४, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले २ र स्वतन्त्र उम्मेदवारले २ स्थानीय तहमा नेतृत्व पाएका छन्।स्थानीय तहका ७ सय ३४ वडामध्ये कांग्रेसले…

Read More

काठमाडौं- सरकारले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी गरेको छ। संविधानको धारा ३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय सिद्धान्तमा आधारित हुने व्यवस्था गरिएको छ । तर, यही प्रावधान पुरै बेवास्ता गर्दै केन्द्र सरकारसँग प्रदेश र स्थानीय तहको सम्बन्ध पूर्ण रूपमा विच्छेद हुनेगरी संघीय निजामती सेवा ऐन ल्याउन लागिएको हो।सो विधेयकको मस्यौदा हाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलकै क्रममा छ। सरकारले कानुन मन्त्रालयबाट छिट्टै अनुमोदन गराएर सो विधेयकलाई प्रतिनिधिसभा पठाउने गृहकार्य अघि बढाएको छ । सम्भवत ‘फास्ट ट्याक’बाटै विधेयक स्वीकृत गराउने खेलमा सरकार लागेको बताइएको छ। यो समाचार…

Read More

काठमाडौं- झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो । प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो । उक्त शुल्क चुक्ता गरेपछि ५० हजार रुपियाँ पनि पाउने उल्लेख गरिएको र सामान पु(याउने ठेगाना ललितपुरको हरिसिद्धि राखिएको थियो । एक महिनाअघि पनि भन्सार विभागकै लोगो र नाम प्रयोग गरिएको ९८१००९२३६५…

Read More

 काठमाडौं- समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप गिरिकाे निधन भएको छ । शनिबार राति उपचारका क्रममा गिरिको निधन भएको हो । नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गिरिको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल ललितपुरको शिवालयमा राखिने जनाएको छ।

Read More

काठमाडौं-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् । सो अवसरमा चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्। उनी घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित छन्। पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको छ।  #प्रचण्ड

Read More

काठमाडौं-  बाजुरामा महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेका थिए। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ। 

Read More