काठमाडौं: सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। सशस्त्र प्रहरीकातर्फबाट सगरमाथा आरोहण गरेर इतिहास रच्न सफल भएका हुन्।
उनले सगरमाथामा पुगेसँगै शिखरमा सशस्त्र प्रहरी बलको झण्डा समेत फर्रफराएका थिए।
इन्स्पेक्टर पौडेल सशस्त्र प्रहरीको इतिहासमा सबैभन्दा पहिलोपटक सगरमाथा आरोहण गर्न सफल भएको बताइएको छ।
पौडेलले सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेको जनाइएको छ।
उनले सशस्त्र प्रहरी बलका तर्फबाट पहिलोपटक सगरमाथा आरोहणको रेकर्ड बनाएका छन्। पौडेलसहितको टोलीले गत चैत ३० गते सगरमाथा आरोहणका लागि प्रस्थान गरेको थियो।
पौडेल सशस्त्र प्रहरी बलको नवौं नम्बर ब्याचका निरीक्षक हुन्। उनीबाहेक सशस्त्रको तर्फबाट कोही पनि आधिकारिक रुपमा सगरमाथा आरोहणमा गएका छैनन्। उनी हाल आइजिपी राजु अर्यालको सचिवालयमा कार्यरत छन्।